सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र सिटिजन्स बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
सिटिजन्सको हाल चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा ५.७९ प्रतिशतले हुने रकम ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया