Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्तावसहित सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा


GDP नेपाल
   ४ आश्विन २०८०, बिहिबार


सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । क्यापिटलको सञ्चालक समितिको बैठकले असोज २५ गते नारायणचौर, नक्साल स्थित आफ्नै कार्यालयमा अपरान्ह ४ बजे सभा बोलाएको छ । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय समेत पारित गर्नेछ । 

साथै कर सहित २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत खर्च भएको २ लाख ६८ हजार ५ रूपैयाँलाई समेत स्वीकृति प्रदान गर्नेछ । 

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह