Logo

बिजनेस होम

भाटभटेनीको २६ औँ स्टोर बिर्तामोडमा


GDP नेपाल
   ४ आश्विन २०८०, बिहिबार


भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन्।

यसअघि भाटभटेनीले जनकपुरमा स्टोर सञ्चालनमा ल्याएको थियो। ग्राहकको चाहना र मागअनुसार आफूहरू सधैँ अघि बढेको उल्लेख गर्दै उनले इमानदार भएर सेवामा लाग्ने बताए।

विषम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको भन्दै उनले यो स्टोर सञ्चालन ऐतिहासिक भएको बताए। बेरोजगारीको विकराल अवस्थामा पनि मेचीदेखि महाकालीसम्म रोजगारी सिर्जना गर्न सफल भएको गुरुङले बताए।

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह