Logo

बैंक / बिमा /शेयर

एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक


GDP नेपाल
   ५ आश्विन २०८०, शुक्रबार


एनएमबी बैंक लिमिटेड र बुद्घ एयरले एनएमबी बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन्। सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास लिइएको छ।

को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौं उपत्यकाभित्र रहेका बुद्घ एयरका तीन काउन्टरहरू एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन्।

यसका साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन्। एनएमबी बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शतप्रतिशत भाडा फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो।

नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह