Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा


GDP नेपाल
   ५ आश्विन २०८०, शुक्रबार


एनआईसी एशिया बैंकले साधारण सभा डाकेको छ ।

बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते बिहान ९ बजेदेखि आर्मी अफिसर्स क्लब भद्रकालीमा २६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले आव २०७९/८० को नाफाबाट प्रस्ताव गरेको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव कार्कीले जनाएका छन् ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह