Logo

बिजनेस होम

‘पठाओ दसैं महोत्सव’ घोषणा, राइडरदेखि ग्राहकसम्मलाई छुटैछुट


gdpnepal
   ८ आश्विन २०८०, सोमबार


काठमाडौं । पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा असोज ८ गते (सोमबार) देखि ‘पठाओ दसैं महोत्सव’ अफर सुरू गरेको छ ।

असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।

यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ‘कम कमिसन धेरै कमाई, यो दसैं रमाई रमाई’ भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए ।

कम्पनीले अफरको बम्पर पुरस्कार अन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए ।

यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जानेछ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म आउनेछ ।

बम्पर विजेता लक्की ड्रबाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्नका लागि राइडर, क्याप्टेन ९ट्याक्सी चालक० र पठाओ हिरो (फुड डेलिभरी पर्सन) ले निश्चित नियमका साथ निश्चित राइड पूरा गर्नु पर्ने कम्पनीले बताएको छ ।

कम्पनीले असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी लक्की ड्र मार्फत बम्पर पुरस्कार घोषणा गरिने जनाएको छ ।

ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट नै छुट लिएर आएको छ । जसअनुसार ग्राहकहरूले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस्तै पठाओ फुड डेलिभरीमा पाँच वर्षको उपलक्ष्यमा रु. ५, ५५ र ५५५ को अफरहरू लिएर आएको कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह