Logo

बैंक / बिमा /शेयर

जोशी हाइड्रोपावरले डाक्यो साधारण सभा


GDP नेपाल
   ११ आश्विन २०८०, बिहिबार


जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असोज १९ गते वार्षिक साधारण बोलाएको छ । सभा सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात (६५प्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ । हकप्रद निष्कासनपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, भदौ १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

यसअघि भदौ ३१ गते बस्ने भनिएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

प्रकाशित : ११ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह