लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया