Logo

Banner-news

कृषि र डेरी उद्योगमा विदेशी लगानी खोल्नुपर्छः डा. शंकर शर्मा


GDP Nepal
   ४ चैत्र २०७५, सोमबार


काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अमेरिकाका लागि पूर्वराजदूत डा. शंकर शर्माले कृषि तथा डेरी उद्योगमा विदेशी लगानी खुला गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् ।

डा. शंकर शर्मा

योजनाविद् शर्माले कृषिलगायत साना तथा मझौला उद्योगमा विदेशी लगानी ल्याउनुपर्ने आफ्नो व्यक्तिगत राय रहेपनि अहिलेलाई सरकारले त्यसलाई रोकेको बताए ।

हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यसलाई स्पष्ट पार्दै भने– कृषि तथा डेरी उद्योग भनेको त प्रोसेसिङ इन्डष्ट्री हो, यसमा लगानी आउँदा त कृषकहरुलाई नै फाइदा हुन्छ । यसले किसानलाई उत्साहित पनि बनाउँछ । हामी यसमा पनि भ्यालू चेनमा जाने हो, यसले फाइदा नै गर्छ ।’

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा कृषि तथा डेरी लगायतका क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिने व्यवस्थासहितको मस्यौदा सरकारले संसदमा पठाए पनि कृषि क्षेत्रका नेताहरुले सर्वत्र विरोध गर्दै लबिङ सुरु गरेपछि सरकारले यो प्रावधान हटाएको छ ।

शर्माले विदेशी लगानीको लागि हाम्रा यी–यी ‘नेगेटिभ–लिष्ट’ हुन भनेर पहिले नै सरकारले भनिदिनुपर्ने पनि सुझावसमेत दिए ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह