Logo

घुमफिर

एक महिनामा ९१ हजार पर्यटक नेपाल भित्रिए


GDP नेपाल
   १४ आश्विन २०८०, आइतबार


सेप्टेम्बर महिनामा मात्रै नेपालमा ९१ हजार १२ जना पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, बंगलादेशलगाएत विभिन्न देशका ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यी मध्ये सबैभन्दा धेरै भारतबाट २८ हजार ६ सय ९४, चीनबाट ८ हजार १ सय १७ जना, अमेरिकाबाट ७ हजार ३ सय ६४ जना, बङ्गलादेशबाट ३ हजार ७ सय १६ जना, अस्ट्रेलियाबाट ३ हजार ६ सय ८५ जना, बेलायतबाट ३ हजार ६ सय ४० जना र श्रीलङ्काबाट ३ हजार ११ जना पर्यटक नेपाल आएका छन् ।

यसैगरी जर्मनीबाट २ हजार ८५२ जना, साउथ कोरियाबाट २ हजार १८ जना र इजरायलबाट १ हजार ७३४ जना भित्रिएको बोर्डले जनाएको छ ।

यस्तै, जनवरीदेखि सेप्टेम्बर नौ महिना मा ६ लाख ९२ हजार ३ सय ७२ जना पर्यटक नेपाल आएका छन् । यो तथ्यांक कोरोना महामारी अघिको तुलनामा नौ प्रतिशतले कमी हो ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह