Logo

बिजनेस होम

ग्लोबल कन्सल्टको नयाँ शाखा अष्ट्रेलियाको पारामाटामा


gdpnepal
   १४ आश्विन २०८०, आइतबार


काठमाडौं । भिसा र माइग्रेशनका लागि सुपरिचित ग्लोबल कन्सल्टले अष्ट्रेलियाको पारामाटामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।

पारामाटामा आयोजित एक भव्य समारोहमा ग्लोबल कन्सल्ट नेपालका अध्यक्ष विश्वनाथ पौडेलले नयाँ शाखाको उद्घाटन गरे ।

उदघाटन समारोहमा पारामाटा शाखाका प्रबन्ध निर्देशक रमेश थापाले अष्ट्रेलियाको पारामाटा क्षेत्रमा रहेका विद्यार्थीलाई सजिलो होस भन्ने उद्देश्यले नयाँ शाखा स्थापना गरेको जानकारी दिए ।

निर्देशक आशिषजंग थापाले विद्यार्थी भिसा, स्किल भिसा, डिपेन्डेट भिसा, कम्बाइन्ड भिसा, भिजिटर भिसा लगायत सवै भिसा र माइग्रेशनको सेवा उपलव्ध हुने जानकारी दिए ।


ग्लोबल कन्सल्टले अष्ट्रेलियाको सिड्नी, तासमानिया, क्यानबेरा, पर्थ र नेपालमा पोखरा, चितवन, बारा, पुतलीसडक र मीनभवन काठमाण्डौंमा शाखा स्थापना गरिसकेको छ ।

यस बाहेक फिलिपिन्स र भुटानमा समेत ग्लोबल कन्सल्टका शाखाहरु रहेका छन् ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह