Logo

विकास / पूर्वाधार

नागढुङ्गा सुरुङमार्ग नजिकै जमिन भासियो, स्थानीय त्रासमा


GDP नेपाल
   २१ आश्विन २०८०, आइतबार


काठमाडौं । नागढुङ्गा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।

सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका एक बस्नेत छाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो ।

स्थानीय, प्रकाश रेग्मीले सो स्थानमा घर भएको भए दुईतला भासिने थियो भन्दै सुरुङ मार्ग आसपासका अन्य क्षेत्रमा समेत त्रास बढेको बताए ।

उनले भने ‘ आस पासमा जमिन भासिन थालेपछि हामी त्रास छौं । यदी सडक वा घर हुन्थ्यो भने ठुलो क्षति हुन्थ्यो । ’

जमिन भासिएपछि त्यसबारे छलफल गर्न अब स्थानीय अगुवाहरुको बैठक बस्ने तयारी भएको उनको भनाई छ ।

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह