Logo

बिजनेस होम

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा काठमाडौं आइपुगे, विमानस्थलमा भव्य स्वागत !


gdpnepal
   २२ आश्विन २०८०, सोमबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्मा काठमाडौं आइपुगेका छन् । एनआरएनएको विश्व सम्मेलन र नयाँ नेतृत्व चयनमा भाग लिन शर्मा कतारबाट सोमबार काठमाडौं आइपुगेका हुन् ।

 

शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए अभियन्ता शर्माका समर्थकले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैं शर्माले आफू ४० देशको पुगेर गैरआवासीय नेपालीहरूसँग भेटेको र विश्वभरमा बस्ने सबै गैरआवासीय नेपालीको साथ सहयोग लिएर सम्मेलन सफल बनाउन आएको बताए ।


“तीन महिनामा करिब ४० देश पुगेर गैरआवासीय नेपालीहरूको सम्भावना र समस्याको बारेमा गहन जानकारी लिएर आइपुगेका छु,”शर्माले विमानस्थलमा भने,“सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीको चाहनामा म अध्यक्षको प्रत्याशी बनेको हो,सबैको साथ र सहयोग मिलेको छ।”


शर्माले गतसाता आफ्नो कर्मभूमि कतारबाट २४ महिनामा २४ काम गर्ने बाचा सहित आफ्नो अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । शर्माको उम्मेदवारीले विश्वमा बस्ने सबै क्षेत्रका नेपालीले समर्थन गरेका छन् ।

२४ महिनामा हुने घोषणापत्रमा एनआरएनएको एकता गर्ने,रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लगाउने,विदेशबाट फर्कनेलाई उद्यमी बनाउने,महिला तथा दोस्रो पुस्ताका एनआरएनलाई अभियानमा सहभागिता बढाउने लगायतका योजना समेटेका छन् ।

यस्तै खेलकुद सांस्कृतिक कार्यक्रमलाई बढावा दिने,नेपाली कृषि उद्यम निर्यात प्रवर्द्धनको कार्यक्रमलाई बढाउने तथा पर्यटन प्रवर्द्धन जलविद्युत् लगायतका क्षेत्रमा लगानी बढाउने योजना शर्माले अगाडि सारेका छन् ।


स्थापनाको २० वर्ष पुगेको एनआरएनए अभियानको सामाजिक कार्यक्रमलाई निरन्तरता दिएर आर्थिक मुद्दामा अभियानमा हिँडाउने बाचा शर्माले गरेका छन् ।


गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन आगामी असोज ३० देखि काठमाडौंमा हुने छ । सम्मेलनले आगामी २ वर्षको कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । यो पटकको नेतृत्व चयनको मतदान काठमाडौंमा भौतिक रूपमा र मतदाता नेपालमा नआएमा अनलाइनबाट गर्न सकिने व्यवस्था छ ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह