Logo

बिजनेस होम

चीनको नयाँ ऊर्जा यात्री कार बिक्रीमा वृद्धि


GDP नेपाल
   २४ आश्विन २०८०, बुधबार


चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग सङ्घको तथ्याङ्कले देखाएको छ ।

गत महिना ऊर्जा यात्री कारको बिक्री २२ दशमलव एक प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ । 

एसोसियसनका अनुसार वर्षको पहिलो नौ महिनामा खुद्रा बिक्री ५१ लाख ९० हजार भएको छ । यो यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव आठ प्रतिशत बढी हो । 

कारहरूको थोक बिक्री सेप्टेम्बरमा मात्र आठ लाख २९ हजार पुगको छ । जुन २३ प्रतिशतले धेरै हो । चीनमा उर्जा यात्री कारको निर्यात एक वर्षअघिको तुलनामा एक सय सात प्रतिशतले बढेर ९१ हजार पुगेको । यो कूल कार निर्यातको २५ दशमलव चार प्रतिशतले बढी हो । 

प्रकाशित : २४ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह