Logo

बिजनेस होम

नेपाली बजारमा ‘हाइगर’ ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै


GDP नेपाल
   २६ आश्विन २०८०, शुक्रबार


कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रा.लि. ले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । यसका लागि कम्पनीले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगरसंग सम्झौता गरेको छ ।

हाइगर बस कम्पनीले विश्वका १३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो ।

यो सम्झौतासंगै शशिला मोटर्स हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक वितरक बनेको छ । सुरुमा कम्पनीले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।

वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् ।

हाइगर इभी भ्यानका प्रमुख बिशेषताहरु :

  • नेपालकै पहिलो १६ सिट क्षमताको इभी भ्यान ।
  • सिङ्गल चार्जमा २५० कि.मि. रेञ्ज ।
  • ७० कि.वा. आवर ब्याट्री ।
  • कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
  • कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान) ।
  • १६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ भएको ।
  • यात्रुको सुविधाका लागि एअर कण्डिसन सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।
  • नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको ।
  • ९० कि.वा. पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता भएको ।
  • एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआर सहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउँदछ ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह