Logo

बिजनेस होम

गैरीधारामा क्लासिक म्याट्रेसको नयाँ शोरुम


GDP नेपाल
   २९ आश्विन २०८०, सोमबार


देशको अग्रणी म्याट्रेस उत्पादक कम्पनी, क्लासिक इन्डष्ट्रिज प्रा.लि.ले काठमाडौंको गैरीधारामा क्लासिक म्याट्रेसको अन्तर्राष्ट्रियस्तरको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको उद्घाटन नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष एवं भियतनामका लागि नेपाली अवैतनीक वाणिज्यदूत डा. राजेशकाजी क्षेष्ठले गर्नुभएको हो । क्लासिक इन्डष्ट्रिजले आजबाट यही कात्तिक ३ गतेसम्म शोरुमको ओपनिङ सिरीज कार्यक्रम तय गरेको छ ।

५ हजार ८ सय स्क्वायर फिटमा सञ्चालनमा आएको शोरुममा क्लासिक म्याट्रेससहित उद्योगबाट उत्पादित सामग्रीहरु आकर्षक सजावटसहित प्रदर्शनी तथा बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । कम्पनीले बाराबाट आफ्नो उत्पादन गरिरहेको छ ।

क्लासिक ग्रुप दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी हो । अहिले स्प्रिङमा बोन्नेल स्प्रिङ र पकेट स्प्रिङ म्याट्रेस उत्पादन उद्योगबाट भइरहेको छ । बोन्नेल स्प्रिङ भने सुरुबाटै उत्पादन हुँदै आइरहेको छ भने पकेट स्प्रिङको पाँच वर्षदेखि हुँदै आएको छ । कम्पनीले १० वर्षदेखि क्वायरको म्याट्रेस पनि उत्पादन गरिरहेको छ ।

त्यस्तै, कम्पनीले सिरक, सिरानी, बेडसिट, होटल रेन्जको प्रडक्टहरु, बाथरुमको रगहरु, रुमको कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । फोमको युनिट पनि सुरु गरेको जनाइएको छ । होटल, रिसोर्ट, घरमा आवश्यक बेड, म्याट्रेस लगायतका सेवा उपलब्ध गराउन कम्पनी सफल भएको छ । यसले २० भन्दा बढी रेन्जका म्याट्रेसहरु बजारमा उपलब्ध गराउँदै आएको पनि कम्पनीले जनाएको छ । साथै, कम्पनीले क्वायर म्याट्रेस भारतमा समेत निर्यात गर्दै आइरहेको छ । विगत चार वर्ष देखि भारतका विभिन्न ठाउँमा र ६ महिनादेखि चीनमा समेत म्याट्रेस निर्यात हुँदै आइरहेको कम्पनीका सञ्चालकले बताएका छन् । कम्पनीले हाल अदिरा फ्लोअर्स प्रालिमार्फत कार्पेट उत्पादन गरिरहेको छ ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह