Logo

बिजनेस होम

ग्यास भण्डारण गरी नाफा कमाएको आरोपप्रति एलपी ग्यास उद्योग संघको आपत्ति


GDP नेपाल
   १ कार्तिक २०८०, बुधबार


नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना व्यवसायीलाई जोडेर भ्रामक अभिव्यक्ति सार्वजनिक गरिएको प्रति ध्यानाकर्षण गराएको छ । विभिन्न सञ्चार माध्यमले एक उद्योगले हजारौं मेट्रीक टन ग्यास भण्डारण गरि अरबौं रुपैयाँ नाफा गरेको भन्ने जस्ता पुर्बाग्रही अभिव्यक्ति दिएको बताउँदै संघले आपत्ति जनाएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै संघले नेपाल आयल निगमले तोकेकै मूल्यमा ग्यास खरिद बिक्री भइरहेको जनाउँदै सत्यतथ्य विषयबस्तुको अध्ययन गरी सूचना सामाग्री सम्प्रेषण गर्न समेत आग्रह गरेको छ ।

“हाल संचालनमा रहेका ५८ वटा एल.पी ग्यास उद्योगहरुको जम्मा भण्डारण क्षमता ९९०० मे.ट. ( ६९७२०० सिलिन्डर ) मात्र रहेकोमा सत्यसंग कहीं कतै मेल नखाने कुनै एक उद्योगले हजारौं मे.ट. ग्यास भण्डारण गरि अरबौं रुपैयाँ नाफा गरेको भन्ने जस्ता पुर्बाग्रही अभिव्यक्ति प्रति यस संघ गम्भीर आपत्ति जनाउदछ,”विज्ञप्तिमा उल्लेख छ ।

 नेपाल सरकारले अत्याबश्यक बस्तु भनि तोकेको साथै नेपाल आयल निगमलेनै तोकेको मुल्यमा उद्योगहरुको खरिद तथा बिक्री हुदै आईरहेको स‌घकाे भनाइ छ ।

“आर्थिक मन्दी तथा प्रतिकुल परिस्थितिका बाबजुद पनि उपभोक्ताहरुको आबश्यकता र हितलाई ध्यानमा राख्दै एल.पी. ग्यासको सहज आपूर्ति तथा वितरणका लागि दिनरात काम गरिरहेको अबस्थामा यस्ता खालका लान्छित अभिव्यक्तिबाट उद्योगीहरुको मनोबल घट्ने तथा हतोत्साही हुने भएको हुँदा यस्तो गैरजिम्मेवार अभिव्यक्तिको नेपाल एल. पी. ग्यास उद्योग संघ खण्डन गर्दछ साथै समाचारको सत्यता, विषयबस्तुको गाम्भीर्यता प्रति पूर्ण सजक रहदै आफ्ना सूचना सामाग्रीहरु सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यम तथा पत्रकार मित्रहरुमा हार्दिक अनुरोध गर्दछौ,” विज्ञप्तिमा भनिएकाे छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह