Logo

राजनीति

महासचिव गुटेरस नेपालमा, यस्तो छ भ्रमण तालिका


GDP नेपाल
   १२ कार्तिक २०८०, आइतबार


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका लागि नेपाल आएका छन् ।

राति एक बजे उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । गुटरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमा स्वागत गरे ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि भने उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता द्वय नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संघीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेट गर्नेछन् ।

त्यस्तै उनले आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राजनैतिक नेतृत्वसँगको शिष्टाचार भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने तय छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

गुटेरस चारदिने भ्रमणका क्रममा नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह