Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १४ कार्तिक २०८०, मंगलबार


कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो।

यस सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह