Logo

मुख्य समाचार

एकल अंकले बढ्यो सेयर बजार, साढे ६ अर्बको कारोबार


GDP नेपाल
   ७ माघ २०८१, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ६.७८ अंकले बढेर दुई हजार ६०७.९९ विन्दुमा पुगेको छ ।



होटल तथा पर्यटन ७, जीवन बीमा ५, निर्जीवन बीमा २८, उत्पादन ११६, ब्यापार उपसमूह ४६ र अन्य उपसमूह ४० अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ २, विकास बैंक ३२, फाइनान्स ६८, माइक्रोफाइनान्स २ र हाइड्रोपावर उपसमूह १ अंकले घटेको छ ।


आज सबैभन्दा धेरै मानुषी लघुवित्तको सेयर ९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज विन नेपाल र सुपर मादी हाइ्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।


यस दिन ३११ कम्पनीको एक करोड ३६ लाख कित्ता सेयर ६ अर्ब ५७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ माघ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह