काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा आयात ७.०६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस्तै, यस अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको पुस मसान्तको तुलनामा निर्यात ३१.७८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
यस अवधिमा वैदेशिक व्यापार ७.०६ प्रतिशतले सुधार भएर छ । तथ्यांक अनुसार यस अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्ष ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
पुस मसान्तसम्ममा व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड नाघेको छ ।
प्रतिक्रिया