Logo

बैंक / बिमा /शेयर

घट्यो युरो र पाउण्डको भाउ


GDP नेपाल
   १६ कार्तिक २०८०, बिहिबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य एक रुपैयाँले घटेको हो ।

आज पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४पैसा रहेको छ । बुधबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसामा कारोबार भएको थियो ।

यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ घटेको हो । बुधबार युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसामा कारोबार भएको थियो ।

यस्तै,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३१ पैसा र बिक्री दर ८४ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह