Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकका सीईओ शेरचनविरुद्धको रिट खारेज


GDP नेपाल
   १६ कार्तिक २०८०, बिहिबार


उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध परेको रिट खारेज गरेको छ।

कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश प्रकाश खरेलको संयुक्त इजलासले शेरचनलाई सीइओमा गरिएको नियुक्ति निर्णयविरुद्ध परेको रिट खारेज गरेको हो।

उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विपरीत तेस्रो कार्यकालका लागि सीईओमा पुनस् नियुक्ति दिएको भन्दै अधिवक्ता अनिता थापा केसीले नियुक्ति बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज भएपछि प्रभु बैंकले शेरचनलाई सीईओमा निरन्तरता दिएको थियो।

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह