Logo

बैंक / बिमा /शेयर

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा १७.५९ प्रतिशतले घट्यो


GDP नेपाल
   १७ कार्तिक २०८०, शुक्रबार


पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा १७.५९ प्रतिशतले घटेको छ । १९ वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासिकको वित्तिय विवरण अनुसार बैंकहरुको नाफा घटेको हो ।

असोजसम्म वणिज्य बैंकहरुले १२ अर्ब ६१ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको यसै अवधिमा भने बैंकहरुले १५ अर्ब ३० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। विवरण अनुसार ११ वटा वाणिज्य बैंकहरुको नाफा घटेको छ भने अन्य ८ वटाको नाफामा सामान्य वृद्धि भएको छ।

सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नेपाल इन्भेष्टमेन्क मेगा बैंक रहेको छ । नेपाल इन्भेष्टमेन्क मेगा बैंकले असोजसम्म १ अर्ब ५२ करोड नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा १ अर्ब १४ करोड नाफा कमाएको यस बैंकको नाफा ३३.४७ प्रतिशतले बढेको हो ।

त्यस्तै, नबिल बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । तथापि, अघिल्लो वर्षको तुलनामा बैंकको नाफामा ५.५० प्रतिशतले गिरावट आएको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले कूल १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा एक अर्ब १८ करोडबाट बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ। प्रभु बैंकको नाफा पनि ७० करोडबाट वृद्धि भएर एक अर्ब ३ करोड पुगेको छ।

विवरण अनुसार प्राइम बैंकको नाफा ८७ करोडबाट एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यस्तै, एनएमबि बैंकको नाफा ९० करोडबाट ९६ करोड पुगेको छ ।

गत वर्षको यसै अवधिमा ४५ करोड नाफा कमाएको माछापुच्छ्रे बैंकले यस वर्ष ५४ करोड नाफा आर्जन गर्न सफल भएको छ ।

यसका साथै, हिमालयन बैंकको नाफा ५३ करोडबाट बढेर एक अर्ब ५ करोड रुपैयाँ कायम भएको छ। गत वर्षको असोजसम्म ८१ करोड नाफा आर्जन गरेको स्ट्याण्डर्ड चाटर्ड बैंकले यस वाषर््को सोही अविधसम्म ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

पहिलो त्रैमासमा नाफा घट्ने बैंकहरुको सूचीमा नेपाल बैंक पनि परेको छ । गत वर्ष ६० करोड नाफा कमाएको नेपाल बैंकले यस वर्ष भने १४ करोड मात्रै नाफा आर्जन गरेको छ । यसका साथै, सिटिजन्स बैंकको नाफा ५० करोडबाट झरेर ४० करोड पुगेको छ भने एभरेष्ट बैंकको नाफा ८६ करोडबाट ७८ करोडमा झरेको छ।

गत वर्षको पहिलो त्रैमासमा ५० करोड नाफा कमाएको लक्ष्मी सनराईजले यस वर्ष जम्मा १० करोड मात्रै नाफा आर्जन गर्न सफल भएको छ । कुमारी बैंकले पनि यस अवधिमा जम्मा २६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

विवरण अनुसार कृषि विकास बैंकको नाफा ८८ करोड रुपैयाँले ऋणात्मक रहेको छ। सिद्धार्थ बैंकको नाफा पनि ४९ करोडबाट ४२ करोडमा झरेको छ। एनआईसी एशिया बैंकको नाफा एक अर्ब ७५ करोडबाट घटेर एक अर्ब १० करोडमा सिमित भएको छ। त्यस्तै, नेपाल एसबिआई बैंकको नाफा पनि ६२ करोडबाट घटेर ४७ करोडमा खुम्चिएको छ। सानिमा बैंकको नाफा ५४ करोडबाट घटेर ४८ करोडमा सिमित भएको छ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह