ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले १ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
गत वर्ष बैंकले ३ प्रतिशत बोनस सेयर र कर सहित १०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया