एनआईसी एशिया बैंकले भूकम्पबाट प्रभावितलाई ५१ लाख नगद सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने भएको हो ।
यस्तै, बंकले भूकम्पमा परी ज्यान गुमाएकालाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेमा शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
प्रतिक्रिया