Logo

बैंक / बिमा /शेयर

पाउण्ड र युरोको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?


GDP नेपाल
   २० कार्तिक २०८०, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको थियो ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बित्र दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । हिजोको तुलनामा युरोको भाउ पनि बढेर आएको छ । हिजो युरो १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।

अमेरिकी डलर भने आज स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैया ३४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह