ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् ।
बैंकका डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकहरुले नेपालभरका पस (पीओएस) मेसिनमा एक हजार रुपैयाँ वा त्यसभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा तीन सय रुपैयाँ अथवा ५ वटा कारोबारमा पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन् । पीओएस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि भोलि कागतिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको छ ।
बैंकको मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कागतिहारदेखि भाइटीकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “त्क्ष्ज्ब्च्” लेखेर भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३ रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्वित गर्दै आएको छ ।
प्रतिक्रिया