Logo

बैंक / बिमा /शेयर

६ करोड नोक्सानीमा सिटी होटल


GDP नेपाल
   २६ कार्तिक २०८०, आइतबार


सिटी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमासमा होटलले ६ करोड ३ लाख ३९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा होटलले ८ करोड ७५ लाख ५७ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । सिटी होटलको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो ।

यसअवधिमा होटलले ११ करोड ५९ लाख ५९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा ९ करोड ९ लाख ६९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, होटलको वित्तीय लागत भने ९ करोड १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वित्तीय लागत ८ करोड १४ लाख ७८ हजार रुपैयाँ थियो ।

असोज मसान्तसम्म आइपुग्दा सिटी होटलको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय २ रुपैयाँ छ ।

प्रकाशित : २६ कार्तिक २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह