Logo

राजनीति

काठमाडौं र ललितपुरका उच्च प्रशासनिक निकाय वरपर निषेधाज्ञा


GDP नेपाल
   ६ मंसिर २०८०, बुधबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ ।

प्रशासनले मंसिर सात गतेलाई लक्षित गरी उच्च प्रशासनिक निकाय वरपर पनि मंगलबारबाट एक महिनाको लागि निषेधाज्ञा लागू गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निकालेको सूचनामा राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह,संघीय संसद् भवन बानेश्वर र सिंहदरबार क्षेत्रलाई हिजोदेखि ३० दिनका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख छ ।

काठमाडौं जिल्ला प्रशासनले सोमबार नै माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि हिजो एक सूचना निकालेर पुल्चोकमा रहेको मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

भोलि दिउँसो नेकपा एमाले निकट युवा संघ र अस्पताल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा प्रदर्शनको आह्वान भएकाले प्रशासनले सम्भावित प्रदर्शन स्थल सँगै उच्च प्रशासनिक निकाय वरपरको क्षेत्रका विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह