माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।
कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । डा. उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएसँगै सो जिम्मेवारीमा केसीलाई नियुक्त गरिएको हो ।
केसी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
प्रतिक्रिया