Logo

Banner-news

कोरिया जान १ लाख युवाको आवेदन


GDP Nepal
   १८ चैत्र २०७५, सोमबार


काठमाडौं । नेपालीहरुको कोरिया क्रेज बर्सेनि बढ्दो छ । रोजगारीका लागि आकर्षक गन्तव्य कोरिया जानका लागि यस वर्ष अहिलेसम्मकै बढी आवेदन परेको छ ।

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार छनोट गर्छ । आइतबार आवेदन दिने अन्तिम दिनसम्म ९२ हजारभन्दा बढी युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । राति १२ बजेसम्म यो संख्या झन्डै १ लाख पुगेको अनुमान गरिएको छ ।

ईपीएसको १२ वर्षे ईतिहासमा यो वर्ष सबैभन्दा बढी नेपाली युवाले कोरियाको भाषा परीक्षामा आवेदन दिएका हुन् ।

चैत ८ गतेदेखि १० दिनका लागि खुला गरिएको परीक्षाको आवेदनको अन्तिम दिन आइतबार ८ बजेसम्म ९२ हजार १ सय ५० ले आवेदन दिएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलुका ८ बजेसम्म उत्पादनमूलक क्षेत्रमा ६३ हजार ३२५ र कृषि तथा पशुपालन क्षेत्रमा २८ हजार ८१९ ले परीक्षा आवेदन गरेका थिए ।

शाखाले यो वर्षको भाषा परीक्षामा ९० हजार परीक्षा आवेदक दिने अनुमान गरेको थियो ।

यस वर्ष भाषा परीक्षाको ढाँचा परिवर्तन गरेर छनोटको पहिलो चरण परीक्षा र सीप परीक्षणलाई अन्तिम तथा निर्णायक बिन्दु बनाइएको छ ।
भाषा परीक्षामा सफल भएकाले मात्र सीप परीक्षणको मौका पाउने छन् भने सीप परीक्षण सफल भएकाले मात्र रोजगारीका लागि आवदन दिन सक्ने छन् ।

प्रकाशित : १८ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह