Logo

बिजनेस होम

सीएनआई वाईइएफ स्टार्टअप फेष्ट २०२३ पुस ७ गते, नबिल बैंकको सहकार्य


gdpnepal
   २२ मंसिर २०८०, शुक्रबार


काठमान्डौ । नेपाल उद्योग परिसंघ अन्तरगतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्ने भएको छ ।

उद्योग, राष्ट्रिय वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो ।

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोंच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको हो ।

स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहदै आएको छ । नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिनेछ । साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिनेछ ।

स्टार्टअप प्रबर्द्धनमा विदेशमा भईरहेका सफल अभ्यास तथा उपलब्धीहरुका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन् ।

सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताब पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ ।

सो प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीहरुले लगानीको प्रतिबद्धता जनाइ आसयपत्रमा हस्ताक्षर गर्नेछन् । पुँजी लगानीका लागि टेलि भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धता समेत जनाइसकेका छन् ।

सीएनआई अध्यक्ष राजेश अग्रवालले स्टार्टअपसम्बन्धी नीति निर्माणका निमित्त पनि स्टार्टअप फेष्ट कामयावी हुने धारणा राखे । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले स्टार्टअपको वास्तविक परिभाषा निर्धारण गर्न र सोसम्बन्धी नीति बनाउन फेष्ट महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा सीएनआईवाईइफका अध्यक्ष चिराग गोयलले स्टार्टअफ फेष्ट आयोजनाले उद्यमशीलता विकास र एक्सपोजरका लागि राम्रो प्लेटफर्म सिर्जना हुने बताए ।

नविल बैंकका चिफ मार्केटिङ अफिसर कृष्ण सुवेदीले बैंक र सीएनआईको लक्ष्य समान भएकाले सहकार्य गरिएको धारणा राखे ।

सीएनआई उपाध्यक्ष रोहित गुप्ताले स्टार्टअफ फेष्टको दोस्रो संस्करणले यस क्षेत्रमा नयाँ आयाम थप्ने विचार व्यक्त गरेका थिए ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह