Logo

राजनीति

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठः सांसद थापा


GDP नेपाल
   २२ मंसिर २०८०, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ रहेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले एनसेलको सन्दर्भमा अहिले आएका कुरा रातारात नभएको भन्दै राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ तथा भरथेग नभइकन सो प्रकरण नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ यो अहिले रातारात भएको होइन । यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग र ठूलो भरोसा नभइकन यो प्रकरण भएको छैन ।’

उनले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समितिमाथि राज्य व्यवस्था समितिले नजिकबाट नियाल्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले बनाएको समितिले चोख्याउने वा कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ ।’

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह