कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशनको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद निवेदन नआएमा अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया