Logo

बिजनेस होम

एलपी ग्यास बिक्री गर्दा १८९५ रुपैयाँभन्दा बढी नलिन संघको चेतावनी


gdpnepal
   २६ मंसिर २०८०, मंगलबार


काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको मूल्य सरकारले निर्धारण गरेको प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँभन्दा बढी मूल्य नलिन ध्यानाकर्षण गराएको छ ।

संघले बजारमा माग अनुरुप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति भइरहेको उल्लेख गर्दै बढी मूल्य नलिन बिक्रेतालाई तथा मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको हो ।

बजारमा ग्यासको कृत्रिम अभाव देखाइ बढी मूल्य लिइरहेको भन्ने समाचार सार्वजनिक भएसँगै संघले यस्तो आग्रह गरेको हो ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा निर्धारित मूल्यमात्र तिरी ग्यास खरिद गर्न र अनिवार्य बिल लिन आम उपभोक्ताहरुमा अनुरोध गरिएको छ ।

विज्ञप्तिमा निर्धारित मूल्य भन्दा बढी मूल्य लिई ग्यास विक्री वितरण गर्नु गैरकानूनी भएको र यस्तो गरिए कारबाही हुने चेतावनी दिइएको छ । यसरी बढी मूल्य लिने बिक्रेताको सूचना दिन पनि आग्रह गरिएको छ ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह