Logo

बिजनेस होम

चितवनको पर्यटन प्रवर्द्धन गर्न हात्तीको वनभोज र शृंगार प्रतियोगिता


gdpnepal
   ३ पुस २०८०, मंगलबार


काठमाडौँ। चितवनको पर्यटन प्रवर्द्धन गर्न हात्ती तथा पर्यटन महोत्सव(२०८० आयोजना हुने भएको छ । पुस १० देखि १४ गते सम्म हुने महोत्सवको यो १७ औं संस्करण हो ।

पाँच दिन चल्ने महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज लगायतका गतिविधि हुनेछन् ।

महोत्सव अवधिभर स्वदेशी तथा विदेशी ट्राभल एजेंसीहरुसंग बि टु बि, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता तथा चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रियाकार्यक्रम हुनेछ ।
स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीयकलाकारहरुद्धारा दैनिक साँस्कतिक कार्यक्रम पनि हुने जनाइएको छ ।


यस्तै, हात्तीको दिनचार्य बारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने, अग्रज, उत्कृष्ट पथप्रदर्शक, संरक्षणकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक र अन्य विविध शिप(कला प्रेमीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम राखिएको छ ।

महोत्सवबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले चितवन र हात्ती एक अर्काका परिचायक भएको उल्लेख गर्दै हात्तीसम्बन्धी गतिविधि गर्न लागिएको बताए ।

अध्यक्ष शाहले न्यून क्षमतामा चलिरहेको पर्यटन व्यवसायलाई अझै माथि उठाउन सम्बन्धित एंव जिम्मेवार संघ/संस्थाहरु संगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको धारणा राखे ।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह