Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न


GDP नेपाल
   ६ पुस २०८०, शुक्रबार


एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले विभिन्न एजेन्डा सहित संस्थाको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

यस्तै सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले छब्बीस करोड नौ लाख सोह्र हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साथै, नव निर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्षसन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ६ पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह