हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै हुन्डाई न्यू इयर डिलाइट २०२४ योजना ल्याएको छ ।
आज देखि नेपाल भरिका सबै शोरुममा लागू भएको यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख सम्मको आकर्षक नगद छुट पाउन सक्दछन् ।
यस्तै, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजारसम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा ५ लाखसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने लक्ष्मी इन्टरकन्छिनेन्टलले जनाएको छ ।
यसका साथै सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ भन्दा ब९ ि चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया