राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटेको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटमा सहमति जुटाएको हो ।
बैठक अनुसार कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ ।
कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।
यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।
त्यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ ।
प्रतिक्रिया