जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको हो ।
त्यस्तै, अदालतले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिएको छ । लामिछानेले पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो।
२०७९ भदौ २१ गते पीडितले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।
प्रतिक्रिया