आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने भएको छ ।
आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स एक आपसमा मर्जर भएर गत वैशाख २७ गतेबाट आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।
प्रतिक्रिया