काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ तान्ने भएको हो ।
उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज माघ ६ गते मध्यान्ह २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
साँवा र ब्याज भुक्तानी मिति माघ २५ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
प्रतिक्रिया