Logo

कृषि / सहकारी

सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग


GDP नेपाल
   २४ माघ २०८०, बुधबार


काठमाडौं । माओवादी केन्द्रका सांंसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको भन्दै सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याई कमीकमजोरी छानबीन गरी जनताको पैसा फिर्ता गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशैभरि लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसा दुरुपयोग भइरहेको छ । ती पैसा न जनताले फिर्ता पाएका छन् न सम्बन्धित मानिसले कारबाही भोगेका छन् । म विशेष अनुरोध गर्न चाहन्छु । देशैभरको सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउनु प¥यो र त्यसमा रहेका कमीकमजोरी छानबिन गरी जनताको पैसा फिर्ता गर्नुपर्छ । यो जोडदार माग गर्न चाहन्छु ।’

प्रकाशित : २४ माघ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह