Logo

राजनीति

संसदमा एलिना चौहानको चर्चा, सिके राउतले भने: यो बहस गर्नुभन्दा एलिनाको गीत बजाइदिऊँ !


gdpnepal
   ३० फाल्गुन २०८०, बुधबार


काठमाडौं । गायिका एलिना चौहानको संसदमा चर्चा भएको छ ।

प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल गर्दै राष्ट्रिय पार्टीका सभापति सिके राउतले संसदमा अर्थहीन बहस गरिरहनुभन्दा एलिना चौहानको गीत बजाइदिए पुग्ने बताए ।

“संसदमा यो बहस गरिरहनु भन्दा बरु एलिना चौहानको गीत बजाइदिऊँ,” उनले भने ।

चौहानको धोकेबाज हौ तिमी भन्ने गीत र पछिल्लो समय तिमिले धोका दियौ भने कट्टा हान्दिन्छु भन्ने गीत चर्चित छन् ।

प्रधानमन्त्रीले गठबन्धन तोडेर धोका दिएको भन्दै आलोचना भइरहेका बेला राउतले यसो भनेका हुन् ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह