नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ४० हजार ९६३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया