काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ७.३३ अंकले घटेर दुई हजार ५८८.६२ विन्दुमा पुगेको छ ।
बैंकिङ १०, विकास बैंक ४८, फाइनान्स १४४, होटल तथा पर्यटन १५, जीवन बीमा ७७, आज माइक्रोफाइनान्स २७ र निर्जीवन बीमा उपसमूह ८ अंकले घटेको छ । त्यस्तै, आज हाइड्रोपावर २, उत्पादन ६३, अन्य ६ र ब्यापार उपसमूह ८८ अंकले बढेको छ ।
आज पोखरा फाइनान्सको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बोट्लर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त र मन्दाकनी हाइ्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २९६ कम्पनीको एक करोड १७ लाख कित्ता सेयर ५ अर्ब ९३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया