काठमाडौं । चालू आर्थिक वर्षको आठौं महिना फागुनसम्मको तथ्यांक सार्वजनिक हुँदा नेपालको निर्यात व्यापार १ खर्ब नाघेको छ । फागुनसम्म १ खर्ब ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
आठ महिनासम्म १० खर्ब ३० अर्ब २२ करोडको आयात हुँदा व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
कूल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड रहेको छ ।
प्रतिशतका आधारमा आयात २.६६ प्रतिशतले घटेको छ भने निर्यातमा ३.९९ प्रतिशतले गिरावट आएको छ ।
यस्तै, व्यापारघाटामा २.५२ प्रतिशत र कूल व्यापारमा २.७८ प्रतिशतले कमी आएको विभागको तथ्यांकमा उल्लेख छ ।
कूल व्यापारमा निर्यातको हिस्सा १.२४ प्रतिशतले घटेर ८.९० प्रतिशतमा सीमित भएको छ ।
प्रतिक्रिया