सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटडका अध्यक्ष सुरेश लाल श्रेष्ठले शपथ ग्रहण गरेका छन् ।
श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । सो शपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्चालकहरुको उपस्थिति रहेको थियो ।
गत सोमवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितको अध्यक्षमा चयन गरेको थियो ।
प्रतिक्रिया