Logo

बैंक / बिमा /शेयर

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुपबीच सम्झौता


GDP नेपाल
   ७ चैत्र २०८०, बुधबार


नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण डेबीट कार्य बाहक तथा योनो नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकर्ले २१ आउटलेटमा विभिन्न सेवामा छुट पाउनेछन् । ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १०  प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउनेछन् ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितीमा सम्पन्न भएको थियो ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह